गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

 गण्डकी प्रदेश     २१ जेष्ठ २०८०, आईतवार ११:५०     56 जनाले पढ़िसके



Spread the love

गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम आज (आइतवार) सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुपूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।