गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

 गण्डकी प्रदेश     २१ बैशाख २०८०, बिहीबार १९:४८     64 जनाले पढ़िसके



Spread the love

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

उनले बिहीबार बसेको प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन्।

मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ र विपक्षमा २२ मत खसेको सभामुख कृष्णप्रसाद धितालले जनाएका छन्।

प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित रहँदा दुई सांसद् भने तटस्थ रहे।

मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त भएका थिए।