चितवनमा मतगणना सुरु गर्नको निमित्त सर्वदलीय बैठक बस्दै

 Up     ११ बैशाख २०८०, सोमबार ०७:२५     77 जनाले पढ़िसके



Spread the love

काठमाडौं– चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ ।

बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको सहायक निर्वाचन अधिकृतले जानकारी दिए । सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ ।

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।