तनहुँमा ३२१६ गन्दा वाग्लेकाे फराकिलाे अग्रता, पछ्याउँदै गोविन्द भट्टराई

 उपनिर्वाचन     ११ बैशाख २०८०, सोमबार ०७:०५     100 जनाले पढ़िसके



Spread the love

काठमाडौं ।

तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ३ बजेसम्मको नतिजा प्राप्त भएको छ।

अहिलेसम्म भानु नगरपालिका-१० र आँबुखैरेनी गाउँपालिका-१ मा गरी ३२१६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता हासिल गरिरहेका छन्।

उनले १९११ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८२७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्।

खनालले ३८३ मत पाएका छन्। तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।