स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड

 रास्ट्रीय स्वतन्त्र पार्टी     ८ बैशाख २०८०, शुक्रबार १०:४४     63 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडीमा तोडफोड भएको छ ।

स्वर्णिमका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको हो ।

तनहुँको व्यास नगरपालिका–३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको सामाजिक सञ्जालमार्फत कुशल राइले जानकारी दिएका छन् ।

तस्बिर राख्दै उनले कारको बायाँ भागको सिसा फुटाइएको जनाएका छन् ।

No description available.

घटनाबारे अनुसन्धान भइरहेको तनहुँ प्रहरीको भनाइ छ ।

स्वर्णिम नेपाली कांग्रेस छोडेर रास्वपाबाट चुनाव लड्न तनहुँ गएका हुन् । उनको प्रतिस्पर्धा कांग्रेसकै गोविन्द भट्टराई र नेकपा (एमाले)का सर्वेन्द्र खनालसँग भइरहेको छ ।

यही वैशाख १० गते उपनिर्वान हुँदैछ ।