काठमाडौं पडवे र काठमाडौं उपत्यका विकास प्राधिकरण विचको अन्तरक्रिया सकारात्मक, चांडै पुर्व साम्भाव्यता अध्ययन गरिने

 पडवे     १० चैत्र २०७९, शुक्रबार २२:१६     291 जनाले पढ़िसके



Spread the love

आज काठमाण्डौ उपत्यका विकास प्राधिकरण र काठमाण्डौ पडवे विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौ उपत्यका विकास प्राधिकरणको कार्यालयमा भएको अन्तरक्रियामा काठमाण्डौ पडवे बाट उपाध्यक्ष निल भट्टराई तथा अन्य सदस्य यस्तै काठमाण्डौ उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त जानुका ढकाल, काठमाण्डौ, ललितपुर, र भक्तपुर तिनै जिल्लाका आयुक्तहरु, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितीका प्रतिनिधि र अन्य विशेषज्ञ, इन्जिनियर तथा कानुनविदको उपस्थिती रहेको थियो।

अन्तरक्रिया सकारात्मक भएको काठमाडौं पडवेका उपाध्यक्ष निल भट्टराईले बताए। कार्यक्रममा प्राधिकरण र पडवे विच संयुक्त रुपमा रुटहरु पहिचान गर्ने तथा पहिचान भएका रुटहरुको पुर्व साम्भाव्यता तथा साम्भाव्यता अध्ययन र अध्ययन सहजिकरण गर्ने साथै नितिगत रुपमा केही व्यवस्था गर्नुपर्ने भए सरकारलाई आग्रह गरि सो कुरामा सहजीकरण गर्ने आज को अन्तरक्रियामा अनौपचारिक सहमती भएको र चाँडै नै लिखित सहमती हुने उनले बताए ।

माथिको भिडियो काठमाडौं पडवेले आफ्नो युटुब र वेबसाइटमा जानकारीका लागि राखेको छ। पडवेका फाइदाहरुका बारेमा माथी जानकारी पाइनेछ।

यस्तो अन्तरक्रिया बाट नितिगत रुपमा कुनै अवरोध रहेको भए सो को समस्या समाधान गरि समयमा साम्भाव्यता अध्ययन र निर्माण गर्न सहज हुने उनले बताए।

काठमाडौं पडवे ले नेपालमा २०१९ देखि नै यो प्रविधि भित्र्याउन पहल गरिरहेको छ। युनिस्की स्ट्रींङ्ग टेक्नोलोजीको नेपालका लागि आधिकारिक कम्पनी काठमाडौं पडवे प्रा.लि. रहेको पनि उनले बताए।

काठमाडौंमा प्रस्तावित स्केच

युनिस्की स्ट्रींङ्ग टेक्नोलोजीले विकास गरेको यो सार्वजनिक यातायातको आधुनिक मोडल हो। जसमा आर्टिफिसियल इन्टेलिजेन्सको सहायतामा चालक रहित यसको सन्चालन हुन्छ। युनिस्किले यसको निर्माण बेलारुस,स्पेन, दुबई, एल साल्भाडोर लगायत एक दर्जन बढी देशका शहरहरुमा गर्दैछ।