बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेल र २ मन्त्रीले लिए सपथ

 बागमती प्रदेश     २६ पुष २०७९, मंगलवार ११:४०     95 जनाले पढ़िसके



Spread the love

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई मंगलवार बिहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त २ मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री थापालाई विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो । मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैंले सम्हाल्नेछन् ।नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल धादिङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा (१) बाट निर्वाचित हुन् । नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ प्रदेशसभा (१) र विना विभागीय मन्त्री थापा काठमाडौं क्षेत्र नम्बर ८ प्रदेशसभा (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।