विद्यालयको हिरक महोत्सवकाे उद्घाटन गर्न चितवन पुगे प्रचण्ड

 #माओवादी     १६ पुष २०७९, शनिबार १४:३८     69 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विद्यालयकाे एक कार्यक्रम उद्घाटन गर्न चितवन पुगेका छन ।

चितवनमा रहेकाे नारायणी नमूना माध्यामिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल शनिवार चितवन पुगेका हुन । नेपालकाे प्रधानमन्त्रीकाे ट्विटर ह्याण्डलमा फाेटाे शेयर गर्दै लेखेकाे छ, ‘नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोह । भरतपुर-१०। चितवन । २०७९ पुस १६ गते’

नेपालमा प्रधानमन्त्री तथा मन्त्रीहरु उद्घाटन र शिलान्यासमै व्यस्त हुन्छन् भनेर बेलाबखत टिप्पणी भइरहँदा पनि उनी विद्यालयकाे कार्यक्रम उद्घाटन गर्न चितवन पुगेका छन ।