अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

 आर्थिक खबर     १२ पुष २०७९, मंगलवार १०:५०     106 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

मंगलबार बिहान नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उनको निवास खुमलटारमा भेटवार्ता गर्ने क्रममा मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताए ।

“तपाईंहरू चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुुभएको छ, सरकारले यसलाई गम्भीर रूपमा लिन्छ,” उनले भने ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई निजी क्षेत्रका तर्फबाट बधाई एवं शुुभकामना दिए ।

गोल्छाले मुलुुकको आर्थिक अवस्था, उद्योग, व्यवसायको अवस्थाका बारेमा प्रधानमन्त्री जानकार नै रहेको भन्दै अर्थतन्त्रको संवेदनशीलताका विषयमा स्मरण गराएको बताए ।

उद्योग, व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याका रूपमा देखापरेको चालु पुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव उनले दिए ।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेको भन्दै गोल्छाले नवगठित सरकारको ध्यान अर्थतन्त्रको पुनरूत्थानमा जानुपर्नेमा जोड दिए ।

अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी, व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेको भन्दै उनले त्यसको अन्त्य गर्न आग्रह गरे ।

उनले प्रधानमन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोहीअनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले संकुचित हुँदै गएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले महासंघका तर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानको पहल गर्ने विश्वास दिलाए ।