दोलखामा गठबन्धनबाट माओवादी केन्द्रका कार्की विजयी

 प्रदेश तथा संघ निर्वाचन २०७९     १९ मंसिर २०७९, सोमबार १०:५४     56 जनाले पढ़िसके



Spread the love

दोलखा — दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उनले ५१८ मतान्तरले पराजित गरेका हुन् ।

समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको गणना पनि गर्ने सर्वदलीय बैठकमा सहमति भएकाले अंकमा तलमाथि हुन सक्ने बताइएको छ ।

जम्मा खसेको ८५ हजार ६ सय मतमध्ये कार्कीले ३६ हजार ९९५ र शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेका छन् ।