दोलखामा एमालेका बालकृष्ण शिवाकोटी अघि बढे, ३० मतले पछि परे कार्की

 प्रदेश तथा संघ निर्वाचन २०७९     १९ मंसिर २०७९, सोमबार ०७:२७     52 जनाले पढ़िसके



Spread the love

काठमाडौं : दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुन : अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाका उम्मेदवार शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका हुन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०९ मत पाएका हुन् ।

पछिल्लो समय शिवाकोटीले मतान्तर घटाउँदै लगेका थिए। एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर ३० रहेको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३५५० मत ल्याउँदा राप्रपाका विजय खड्काले १४९३ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको छ।

एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर १ हजार ९२६ रहेको छ।