स्याङ्जा-२ मा कांग्रेसका गुरुङकाे अग्रता कायमै

 प्रदेश तथा संघ निर्वाचन २०७९     १६ मंसिर २०७९, शुक्रबार ०८:०६     60 जनाले पढ़िसके



Spread the love

पाेखरा- स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार ४१८ मतले अगाडि छन्।

केहीबेर अघिसम्मको मतगणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार ५०२ मत ल्याएकी छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५ हजार १९२ मत प्राप्त गरेका छन्। कुल ७० हजार १९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार ५८३ मत गणना भएको छ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ। वडा नं १४ को मत गणना जारी छ।

त्यसैगरी, स्याङ्जा क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई २ हजार ६५२ मतले पछाडि पारेका छन्। अर्यालले १३ हजार ८४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार १९५ मत ल्याएका छन्।