स्याङ्जा–२ मा धनराजको अग्रता कायमै

 संवाददाता    १५ मंसिर २०७९, बिहीबार १३:५२     58 जनाले पढ़िसके



Spread the love

काठमाडौँ। मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा मतगणना जारी छ।

 

नेपाली कांग्रेसका उपसभापति रहेका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै गएका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार गुरुङले ६ हजार ६५ मत प्राप्त गर्दा नेकपा एमालेकी सचिव रहेकी उम्मेदवार पद्या अर्यालले ४ हजार ७६५ मत पाएकी छिन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ३८४ मत ल्याएका छन्। उनीहरु बीचको अन्तर १३ सय रहेको छ। कांग्रेसले धाँधली गरेको भन्दै पुनः मतदानको माग गर्दै सो क्षेत्रको मतगणना स्थगित गरेको थियो।

 

बुधबार निर्वाचन आयोगले सो क्षेत्रमा मतगणना गर्न निर्देशन दिएसँगै डेढ सातापछि गणना सुरु भएको हो।