सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुँदा बाजुरामा सुरु भएन मतगणना

 प्रदेश तथा संघ निर्वाचन २०७९     १५ मंसिर २०७९, बिहीबार १०:४१     55 जनाले पढ़िसके



Spread the love

निर्वाचन आयोगले बाजुरामा मतगणना सुरु गर्न निर्देशन दिए पनि सुरु हुन सकेको छैन । सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुँदा मत गणना सुरु नभएको हो ।

झडपका कारण रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा एमालेबाहेक सबै दलका प्रतिनिधिहरू सहभागी छन् । तर, एमालेका प्रतिनिधि नआएकाले मतगणना सुरु गर्ने सम्बन्धमा तत्काल निर्णय हुन नसकेको जनाएको छ ।

बुधबार साँझ बसेको बैठक आज बिहान ७ बजे पुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गरिएको थियो ।

एमालेले विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएको छ ।