समानुपातिकतर्फको ९९ लाख ९३ हजार मतगणना कसको मत कति ?

 प्रदेश तथा संघ निर्वाचन २०७९     १४ मंसिर २०७९, बुधबार १०:१८     59 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । समानुपातिकतर्फको बुधबार बिहान ७ बजेसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायम छ ।

समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । उसको पक्षमा २५ लाख ४८ हजार ७७८ मत खसेको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २,८२,१८९ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।