समानुपातिकतर्फ एमालेले २३ लाख मत कटाउँदा एकीकृत समाजवादीको २ लाख २० हजार

 प्रदेश तथा संघ निर्वाचन २०७९     ११ मंसिर २०७९, आईतवार ०९:२३     50 जनाले पढ़िसके



Spread the love

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २३ लाख मत कटाएको छ। आइतबार बिहान ९ बजेसम्मको मतगणना अनुसार एमालेले २३ लाख ८९६ मत ल्याउँदै अग्रस्थानमा रहेको छ। त्यसपश्चात क्रमशः कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले मत पाएका छन्। हालसम्म ८३ लाख ६ हजार ४४५ मत गणना भएको छ।

नेपाली कांग्रेस २२ लाख १ हजार ७९४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९ लाख ६५ हजार ३४५, राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख २१ हजार ७६०, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ८६ हजार २९७, जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएका छन्।

जनमत पार्टी २ लाख २१ हजार ४२७ मत ल्याएको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जनमत भन्दा पछाडि रहेको छ। एकिकृत समाजवादीले २ लाख २० हजार ५२८, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ७७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख १९ हजार ४९३ मत ल्याएका छन्।

देशभर समानुपातिकतर्फको मत गणना जारी रहेको छ।