दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

 प्रदेश तथा संघ निर्वाचन २०७९     ८ मंसिर २०७९, बिहीबार २३:४७     61 जनाले पढ़िसके



Spread the love

दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।

२६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् ।यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् । फोटो : फाइल