सर्लाही ४ (क) मा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह विजयी

 प्रदेश तथा संघ निर्वाचन २०७९     ८ मंसिर २०७९, बिहीबार १४:३०     61 जनाले पढ़िसके



Spread the love

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। १५ हजार छ सय ९३ मत प्राप्त गरि सिंह विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु यादवले १४ हजार छ सय १६ मत प्राप्त गरेका छन्।

सिंहसहित सर्लाहीबाट चारजना प्रदेशसभा सदस्यमा यो निर्वाचनबाट पुनः विजयी भएका छन्।

पुनः निर्वाचित हुनेमा सर्लाही १ को (ख) मा नेकपा एकीकृत समाजवादीकी बेची लुङ्गेली र १ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो तथा ३ (ख) मा जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार यादव छन्।