अहिलेसम्म ६२ स्थानको नतिजा आयो : कसले कहाँ जिते ?

 प्रदेश तथा संघ निर्वाचन २०७९     ८ मंसिर २०७९, बिहीबार १०:४९     55 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १२ स्थानमा जितेर दोस्रो स्थानमा छ।

माओवादी केन्द्रले ७ क्षेत्रमा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक ठाउँ जित निकालेका छन्। यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। कसले कहाँ जिते, हेर्नुस् सूची: