मकवानपुर १ मा कांग्रेसकी उपाध्यायलाई अग्रता, कमल थापा ५ सय ५४ मतले पछि

 प्रदेश तथा संघ निर्वाचन २०७९     ५ मंसिर २०७९, सोमबार १८:१९     66 जनाले पढ़िसके



Spread the love

मकवानपुर – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मि डीना उपाध्यायले अग्रता कायम गरिराखेकी छन ।

अहिलेसम्मकाे दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गरेकी छन । सूर्य चिह्नका उम्मेदवार कमल थापा उनीभन्दा धेरै मतले पछाडि छन ।

थापाले छ सय ३८ मत प्राप्त गर्दा कांग्रेसकी उपाध्यायसँगकाे मतान्तर पाँच सय ५४ पुगेकाे छ । यस्तै राप्रपाका दीपकबहादुर सिंहले ६५ मत प्राप्त गरेका छन ।