आजदेखि टेलिकमको तिहार अफर

 संवाददाता    ६ कार्तिक २०७९, आईतवार १०:५४     85 जनाले पढ़िसके



Spread the love

नेपाल टेलिकमले तिहार, नेपाल सम्बत र छठ पर्वको अवसरमा पनि अफर ल्याएको छ । कम्पनीले विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको अफर सञ्चालनमा ल्याएको हो ।

यो अफर आजदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने बताइएको छ ।

डेटा प्याकअन्तर्गत २९४ रूपैयाँमा १० दिनभित्र प्रयोग गर्न सकिने २० जीबी डेटा उपलब्ध हुनेछ । त्यस्तै ९८ रूपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने ६ जीबी डेटा पनि उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी कम्पनीले एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने डेटा प्याक र अनलिमिटेड भ्वाइस प्याक ४९ रूपैयाँमा उपलब्ध गराएको छ ।

यी प्याक जुनसुकै समयमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अफर अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसका रूपमा डेटा प्याकसमेत उपलब्ध हुनेछ ।

दुई सयदेखि चार सय ९९ रूपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रूपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डेटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पहिलो पटक भिओएलटीइ सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने दुई सय मीनेटको निःशुल्क भिओएलटीइ सेवा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यी प्याकेज लिन ग्राहकले ८१४१५३ डायल गर्नुपर्छ साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि आवश्यक जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।