टेलिकमले आजदेखि निःशुल्क इ-सिम वितरण गर्ने

 नेपाल टेलिकम     ३१ भाद्र २०७९, शुक्रबार ०८:३१     220 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ-सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ-सिम वितरण गर्ने भएको हो । इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ । इ-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।