टेलिकमले घटायो इन्टरनेट महसुल (नयाँ दरसहित)

 संवाददाता    ९ असार २०७९, बिहीबार १९:५३     181 जनाले पढ़िसके



Spread the love

नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको महसुल घटाएको छ ।असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको २० एमबीपीएससम्म यसअघि २ हजार थियो । भने, अब २० एमबीपीएस १ हजार ६ सय मात्र कायम गरिएको छ । सो सेवामा ४ सय मूल्य घटेको हो ।

२१ देखि ५० एमबीपीएसको महसुल शुल्क पनि २ हजार ३ सय रहेकामा १ हजार ६ सयमा झारिएको छ । ५१ देखि १०० एमबीपीएससम्म महसुल २ हजार १ सय घटाएर १ हजार ९ सय नयाँ महसुल तोकिएको छ ।इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २ हजार ७ सयबाट घटेर २ हजार ४ सय नयाँ शुल्क तोकिएको छ ।