काठमाडौं महानगरमा बालेनलाई २० हजारभन्दा बढी मतको अग्रता

 स्थानीय निर्वाचन २०७९     ११ जेष्ठ २०७९, बुधबार १०:०३     338 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन्द्र (बालेन) साहले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी २० हजार ११० मतान्तरसहित अग्रस्थानमा छन् ।

एक लाख ६८ हजार ४८७ मत गन्दा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ९७५ मतसहित तेस्रो स्थानमा छन् ।

काठमाडौं महानगरमा अब वडा नं. १३, १४, १५, १६ र १७ को मत गन्न बाँकी रहेको छ ।