पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी

 स्थानीय निर्वाचन २०७९     ११ जेष्ठ २०७९, बुधबार ०७:४२     228 जनाले पढ़िसके



Spread the love

कास्की – पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन ।

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन । उनले ६० हजार ५ सय ४६ मत प्राप्त गरिन । उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिन । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गरिन । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाइन ।

यस्तै, मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे भने स्वतन्त्र लौरो चिन्हका उमेद्वार खडकराज पौडेल गनेशले ३ हजार ३० मत प्राप्त गरे । पोखराका ३३ वटा वडामा नेपाली कांग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वत्रन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।

मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएपछि एमालेका उम्मेदवार कृष्ण थापाले आचार्यलाई माला लगाइदिएर शुभकामना दिएका थिए ।