काठमाडौंको पछिल्लो अपडेट : बालेन अघि अघि सृजना पछि पछि

 स्थानीय निर्वाचन २०७९     ९ जेष्ठ २०७९, सोमबार १०:५७     250 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतगणना अनुसार महानगरपालिकाको मेयर पदमा लौरो चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार साहले ४४ हजार १ सय ८३ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ८ सय ३५ मतसहित दोस्रो स्थानमा छिन् भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले २५ हजार २२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेकी सुनिता डंगोल लगभग तेब्बर मतान्तरसहित अगाडि छिन् ।

उनले ४६ हजार २ सय २१ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन् ।