गठबन्धनलाई हराउँदै धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

 स्थानीय निर्वाचन २०७९     ८ जेष्ठ २०७९, आईतवार ०९:०३     303 जनाले पढ़िसके



Spread the love

कैलालीको धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उनी गठबन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेसका नृपबहादुर वडलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

हमाल १२ हजारभन्दा बढी मतान्तरका साथ मेयरमा विजयी भए । अघिल्लो निर्वाचनमा उनी वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए । ०७४ को निर्वाचनमा हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

यसपालि उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।

अधिकारी अघिल्लो निर्वाचनमा पनि उपमेयरमा पराजित भएकी थिइन् । त्यसबेला पनि उनी माओवादीबाटै चुनाव लडेकी थिइन् ।धनगढीको मतगणना आज बिहान सकिएको हो ।