तुलसीपुर उपमहानगरमा गठबन्धनभन्दा एमाले ७१ मतले अगाडि

 स्थानीय निर्वाचन २०७९     ७ जेष्ठ २०७९, शनिबार ०७:५७     80 जनाले पढ़िसके



Spread the love

तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ ।हालसम्मको मतगणनाअनुसार मेयर पदमा नेकपा एमालेका उम्मेदवार टिकाराम खड्काले अग्रता लिएका छन् ।

खड्काले १० हजार ६०५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १० हजार ५३४ पाएका छन् । दुवैको मतान्तर ७१ रहेको छ ।

उपप्रमुखमा पनि एमालेकै स्यानी चौधरीले अग्रता लिएकी छन् । उनले ९ हजार ९१६ मत पाएकी छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले ८ हजार ९९ मत पाएका छन् ।