सर्लाही हरिवन नगरपालिकाको मेयरमा एमालेका गणेश प्रसाईलाई हराउँदै माओवादीका रमेश बुढाथाेकी( कमल) विजयी

 स्थानीय निर्वाचन २०७९     ६ जेष्ठ २०७९, शुक्रबार ०८:०४     230 जनाले पढ़िसके



Spread the love

हरिवन – हरिवनकाे नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथाेकी (कमल) विजयी भएका छन् । त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

मतगणनाका क्रममा अन्तिम अवस्था सम्म अत्यन्त प्रतिष्पर्धा भएको थियो । हरिवनकाे मेयरमा बुढाथाेकीले निवर्तमान मेयर नेकपा एमालेका गणेश प्रसाद प्रसाईंलाई १५३ मतले पराजित गरेका हुन। ७ हजार २ मत सहित बुढाथाेकी विजयी हुँदा प्रसाईंले ६ हजार ८४९ मत पाएका छन् । आफ्नाे पार्टीका १ जना पनि वडाअध्यक्ष र वडा सदस्य नगर भर विजयी नभएको अवस्थामा समेत माओवादीका बुढाथाेकीले मेयरमा विजयी भएर अचम्मित बनाइदिएका छन। उनी २०७४ सालकाे स्थानीय तह निर्वाचनमा पनि एमालेका प्रसाईंसँगै पराजित भएका थिए । याे सहित माओवादीले सर्लाहीमा हालसम्म जितेको पालिका संख्या ४ पुगेको छ । जसमा हरिवन , बागमती, रामनगर र बलरा रहेका छन।

त्यस्तै उपमेयरतर्फ एमालेकी घलान ६ हजार ८५५ मत सहित विजयी भईन् । निकटतम् प्रतिद्वन्द्वी माओवादीकी पद्मा माेक्तानले ५ हजार ३२१ मत ल्याईन् । वडा नम्बर १, २, ४ र ९ काे वडाध्यक्ष कांग्रेस, ३, ७, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादी वडाध्यक्ष निर्वाचित भैसकेका छन।