नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

 नेपाल टेलिकम     २४ चैत्र २०७८, बिहीबार २१:२५     146 जनाले पढ़िसके



Spread the love

काठमाण्डु – नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो ।

सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा बुद्धि आचार्य, संगीता पहाडी र पौडेलको नाम सिफारिस गरेको थियो । ती मध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो । पौडेल राष्ट्रिय सुचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए।