१२० जीबीपीएस पुग्यो टेलिकमको अन्तर्राष्ट्रिय ब्यान्डविथ

 संवाददाता    १९ पुष २०७८, सोमबार १४:३८     110 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच तथा इन्टरनेट सेवाको गुणस्तर कायम राख्न अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात बढाएको छ । कम्पनीकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यका अनुसार कम्पनीको अन्तर्राष्ट्रिय ब्यान्डविथ क्षमता अभिवृद्धि गरि १२० जीबीपीएस पुर्‍याइएको हो ।

सुलभ सेवाका लागि कम्पनीले स्थानीय स्तरमा नेटफ्लिक्स तथा क्लाउडफ्लेयरका लागि नयाँ सीडीएन (क्याश डेलिभरी नेटवर्क) सर्भर जडान गरेको छ ।

साथै सञ्चालनमा रहेका फेसबुक, गुगल तथा टिकटक सहितको अकामाई सीडीएनको क्षमता अभिवृद्धि गरी ६०० जीबीपीएस बनाइएको छ । कम्पनीले काठमाडौं, बुटवल, हेटौँडा तथा पोखरामा रहेका कोर राउटरहरूलाई १०० जी क्षमतामा स्तरोन्नती गरिएको छ ।

यसैगरी नेटवर्क प्लानिङ तथा मर्मत कार्यलाई सरल र थप प्रभावकारी बनाउन जीआईएस सिस्टम जडान गरी परीक्षण थालिएको जानकारी समेत निमित्त प्रबन्ध निर्देशक वैद्यले जानकारी दिएकी छिन् ।

ब्यान्डविथ उपयोगका कारण नेटवर्कमा समस्या हुन नदिन सम्पूर्ण कोर राउटरहरूको लिङ्क अधिकतम उपयोग ७० प्रतिशतसम्म हुनेगरी जडान तथा सञ्चालन गरिएको छ ।