यस वर्ष सँस्थागत करदातामा एक नम्बरमा नेपाल टेलिकम,व्यक्तिगत करदातामा सिद्धार्थ राणा

 संवाददाता    १ मंसिर २०७८, बुधबार १२:१८     129 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसरमा विभिन्न क्षेत्रमा धेरै कर तिर्ने सँस्था र व्यक्तिलाई सम्मान गरेको हो ।

निर्यात उद्योगतर्फ डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्टस्, कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएर सम्मानित भएका छन् । त्यस्तै सेवामा नोबेल हस्पिटल, पर्यटनतर्फ तारागाउँ रिजेन्सी पनि सम्मानित भएका छन् ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ । भ्याटमा अनुशासित भएको घोराही सिमेन्टले सम्मान पाएको छ । बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ ।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ राणा सम्मानित भएका छन । उनी टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख हुन ।