साजन र अश्मीकोे ‘आँशुको धारा’

 संवाददाता    १८ कार्तिक २०७८, बिहीबार १३:५२     321 जनाले पढ़िसके



Spread the love

गायक प्रभावन जे र श्याम धितालको स्वरमा ‘आँशुको धारा’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । यो गीतमा साजन पराजुलीको शब्द, प्रभावन जेको संगीत छ । साजन पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा ज्ञानेन्द्र शर्माकोे छायांकन, कृष्ण गौतमको सम्पादन छ ।

विदेशमा रहेकोे दाजु र स्वदेशमा रहेकी बहिनीको तिहारमा भेट हुन नसकेको मर्मलाई भिडियोमा कथा बनाइएको छ । यो भिडियोमो साजन पराजुली, अश्मी थापाको साथमा बालकलाकारद्धय स्नेहा चालिसे र युग पौडेलको अभिनय छ । युट्युब लिंक https://youtu.be/pPG_NKVCdtU