सुमेरु ग्रुप द्वारा ट्राफिक प्रहरी लाई १७ लाख बराबरको प्रथमिक उपचार ब्याग हस्तान्तरण

 संवाददाता    ५ आश्विन २०७८, मंगलवार ०९:२३     150 जनाले पढ़िसके



Spread the love

विभिन्न सामाजिक कार्यमा सफलता हासिल गरेको सुमेरु ग्रुप पछिल्लो समय सामाजिक कार्यमा निकै अग्रसर बनेको देखिन्छ । जसमध्ये ललितपुर का विभिन्न संघसस्था हरुलाइ पनि सामाजिक तथा आर्थिक रुप मा सहयोग गर्दै आयको सुमेरु ग्रुप द्वारा काठमाडौ का ट्राफिक प्रहरीलाई झण्डै सत्र लाख बराबरको फस्ट—एड (प्राथमिक उपचार) ब्यागसहितका बिबिन्न सामाग्रीहरु आज वितरण गरिएको छ ।

ललितपुर मा सामाजिक कार्यमा छुट्टै पहिचान बनाउन सफल ब्याक्ती तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन द्वारा झण्डै सत्र लाख रुपैयाँ बराबरको १६ सय ५० थान फस्ट—एड (प्राथमिक उपचार) ब्याग काठमाडौ महानगर को ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रमको आयोजना गरी उक्त प्राथमिक उपचार ब्याग काठमाडौ महानगर का ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईलाई हस्तान्तरण गरिएको हो ।
उक्त ब्याग मा प्रहरीलाई चाहिने प्राथमिक उपचारका लागि स्वाथ्य सामाग्रीदेखि लिएर डायरी, कलम, स्यानीटाइजर सहित सामाग्रीहरु राखिएको छ ।उक्त प्राथमिक उपचार किट वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले विगतमा ललितपुरको सातदोबाटोस्थित जिल्ला ट्राफिक प्रहरी र महानगरीय प्रहरी बृत्त, सातदोबाटोको भवन निर्माणका लागि उक्त भबन निर्माण अध्यक्षको भूमिका निर्वाह गरी निर्माण सम्पन्न गरी ट्राफिक र नेपाल प्रहरीलाई हस्तान्तरण गरिसकेको पनि बताउनु भयो ।

दिन रात नभनी धुवाँ, धुलो, घाम पानीको केही प्रवाह नगरी सडकमा बसी सर्वसधारणको सेवा गर्दै आइरहेका काठमाडौ लगायत अन्य स्थान मा खटिएका ट्राफिक प्रहरीलाई आवश्यक परेको खण्डमा आबश्यकता अनुसार को सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको थियो । यतिमात्र नभई अध्यक्ष महर्जनले सुमेरु ग्रुपद्वारा संचालित सुमेरु सिटी अस्पताल, पुल्चोक, सुमेरु अस्पताल धापाखेलमा काठमाडौ ललितपुर तथा भक्तपुर मा खटिएका ट्राफिक प्रहरी लगायत नेपाल प्रहरी लाई कुनै पनि स्वास्थ्य समस्या परेको खण्डमा विशेष छुटसहित उपचार गरिदिनेसमेत जानकारी गराउनु भयो ।
त्यसैगरी, कार्यक्रमलाई संचालन गर्दै सुमेरु ग्रुपका प्रबन्ध निर्देशक हेमराज दाहालले जनताको सेवाका लागि प्रत्यक्षरुपमा सडकमा खटिएका ट्राफिक प्रहरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सानो सहयोगको रुपमा स्वीकार्न र यो सहयोग लाई अन्यथा नलिन समेत ट्राफिक प्रहरीहरुलाई आग्रह गर्दै ट्राफिक प्रहरीलाई यस्ता अन्य सहयोगको आवश्यकता परेको खण्डमा जुनसुकै समयमा पनि सहयोग गर्दै जाने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।यसैक्रम मा दाहल ले पछिल्लोपटक ललितपुरमा ट्राफिक प्रमुख भएर आएका इन्स्पेक्टर राजेश सिलवालले गरेको योगदानको कदर समेत गर्नुभएको थियो भने प्राथमिक ब्याग लगायत स्वास्थ्य सामाग्री वितरण कार्यक्रमको समन्यवको भूमिका निर्वाह गर्नुभएका इन्स्पेक्टर नरेश बहादुर शाहीको उच्च मूल्यांकन गर्दै आगामी दिन हरुमा सुमेरु ग्रुपको नाफाको केही प्रतिशत छुट्याई यस्ता सहयोगहरु निरन्तररुपमा गर्दै जाने बताउनुभएको थियो ।

यसैगरी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सुमेरु ग्रुपले प्राथमिक उपचार ब्यागसहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ त्यसप्रति सुमेरु ग्रुपलाई ट्राफिक महाशाखाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै थप सहयोगका अपेक्षा समेत गरेको बताउनु भएको थियो ।
सुमेरु ग्रुपद्वारा सहयोग गरेको प्राथमिक उपचार ब्यागबाट प्रत्यक्ष रुपमा सडकमा खटिने ट्राफिक प्रहरी हरेक दुर्घटनाका पहिलो साक्षी हुने र दुर्घटनाबाट घाइतेको प्राथमिक उपचारसमेत गर्न पछि नपर्ने भएका कारण पनि यो सहयोग ट्राफिक प्रहरीको लागि आवश्यक नै रहेको र यसले आगामी दिनमा प्राथमिक उपचारमा ठूलो सहयोग पुग्ने आसा छ ।