बिपन्न एक परिवारलाई ,बिहेका लागि आर्थिक सहयोग

 संवाददाता    १८ माघ २०७६, शनिबार १३:०८     550 जनाले पढ़िसके



Spread the love

संजय विश्वकर्मा लहान , १८ माघ । सिरहाको औरही गाउँपालिका वडा नम्बर – २ बस्ने २१ बर्षिय रिंकु साफीको बिहेका लागि खाडीमुलुकमा पसिना बगाईरहेको नेपाली युवाहरुको एक समुहले आर्थिक सहयोग गरेको छ । `मानवसेवा नै बास्तबिक धर्म हो ´भन्ने उदेश्यका साथ निश्वार्थ रुपमा कामकाज गर्दै आईरहेको सो ग्रुपले नगद नेपाली रु २५ हजार लगायत लत्ताकपडा समेत सहयोग गरेको जनाए । रिंकु साफि लगायत ४ छोरी र २ छोरा गरि जम्मा ६ वटा सन्तान आफुलाई रहेको उनकी वुवा नेति साफिले बताए ।
सबैभन्दा जेठी छोरीको बिवाहका लागि ग्रुपले सहयोग गरेकोमा हर्शित हुँदै उनले भने दहेज लिनु र दिनु कानुनी अपराध हो बिना दहेजको नमुना रुपमा छोरी बिहे गरे ´ , आफू लाई दहेज दिने क्षमता पनि छैन, ´गरिब र बिमारी छु छोरा छोरीहरु सानो छ´ बच्चाहरुको पढाई लेखाईको लागि पनि सहयोगी हातहरुको अपेक्षा गरेको उनले बताए । आर्थिक अबस्था कमजोर रहेको नेति साफी बिरामी भएको कारण रिंकुको बिहेमा रहत स्वरुप नगद सहयोग गरेको ग्रुपले जनाए । रिंकुको माघ १७ गते शुक्रबार सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर – ८ बस्ने जय साफी संग समाजिक परम्परा अनुसार बिबाह भएको थियोे ।
दलित समुदाय अन्तर्गत धोबी जातिहरुले रजक सेवा समाज ग्रुप स्थापना गरि सो जातिको गरिब , असहायहरुलाई बारम्बार सहयोग गर्दै आईरहेको ग्रुपका प्रतिनिधि हरेराम साफिले जानकारी दिए । मलेशिया, साउदी लगायत खाडी मुलुक गएका दलित जाती अन्तर्गत धोबी समुदायका युवाहरुले रजक सेवा समाज ग्रुप चलाईरहेको छ । नेपाल, भारतका धोबी समुदायका पिडितहरुलाई ग्रुपले बारम्बार सहयोग गर्दै आईरहेको छ ।