पुर्ण सरसफाई उन्मुख जिल्ला घोषणामा ध्यान दिन स्थानीय तहलाई जिल्ला सभापतिको आग्रह

 संवाददाता    १५ माघ २०७६, बुधबार १०:५८     505 जनाले पढ़िसके



Spread the love

संजय विश्वकर्मा , लहान १५ माघ । सिरहालाई सन २०२२सम्म पुर्ण सरसफाई उन्मुख जिल्ला घोषणा गर्नका लागि आ- आफ्नो क्षेत्रबाट सबैको सहयोगको आवश्यकता रहेको जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले बताउनुभयो । जिल्ला स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिका अध्यक्ष समेत रहनुभएका सभापति ठाकुरले पुर्ण सरसफाईको कार्यलाई आगाडी बढाउन सिरहाका सम्पुर्ण १७ वटै स्थानीय तहलाई उनले आग्रह गरे । बिकास निर्माणको कर्यहरु मध्ये सरसफाईको पनि आफ्नै महत्त्व रहेकोले पुर्ण सरसफाईलाई पनि प्राथमिकतामा राख्न स्थानीय तहलाई आग्रह गरे । मङ्गलवार सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर -५ को ईनर्वाको पुर्ण सरसफाईको अवस्था अनुगमन गर्न आएका एक टोलीले सो वडाको ३ वटा टोलको सामुहिक रूपमा अनुगमन गरेको छ । ५ सय ३८ घरधुरी रहेको ईनर्वामा केहि घरधुरीमा मात्र पुर्ण सरसफाईका सुचकहरु पालन नगरेको निष्कर्ष निकालेका थिए । SNV नेपाल र नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाको सहयोग र गाउँपालिका स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितीको आयोजनामा संचालित अनुगमन कार्यक्रमले छुटेका केही घरधुरीमा पुर्ण सरसफाईका ६ वटा सुचक पालना गरि उन्मुख वडा घोषणा गर्न सुझाव समेत दिएका थिए । जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज यादव , नेपाल पत्रकार महासंघ सिरहा शखाका सभापति दिनेश्वर प्रसाद गुप्ता , भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादब, पुर्व मन्त्री राजलाल यादव , भगवानपुर गाउँपालिकाका समाजसेबि रामशन्कर यादव , तत्कालीन नेकपा एमालेबाट गापा अध्यक्षका प्रत्यासी उमेदवार उग्रनारायण यादब लगायतको रोहवरमा अनुगमन भएको थियो । अनुगमनबाट आएको सल्लाहलाई स्विकार्दै स्थानीय वडा अध्यक्ष अमरलाल यादवले माघ २६ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने प्रत्तिबद्द्ता गरे ।