वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

 संवाददाता    ८ माघ २०७६, बुधबार १३:१५     598 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित आधार बालबाटिका विद्यालयले विभिन्न कार्यक्रम गरि आफनो वार्षिकोत्सव मनाउंदै छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले बुधवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित रेल्वे स्टेश्न एरिया परिसर सरसफाई गर्नुका साथै वृक्षारोपण समेत गरेको छ । विद्यालयका प्रिन्सिपल अशेश्वर महासेठको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका शिक्षक , शिक्षिका , कर्मचारी र विद्यार्थीहरुले सामुहिक रुपमा वृक्षारोपण गरेका हुन । वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरु गरिने विद्यालयले जनाएको छ ।