सुखिपुरमा प्रथम नगरस्तरीय खिचडी महोत्सव सम्पन्न

 संवाददाता    २ माघ २०७६, बिहीबार १५:३२     448 जनाले पढ़िसके



Spread the love

लहान २ माघ । सिरहाको सुखिपुरमा प्रथम नगर स्तरीय खिचडी महोत्सव २०७६ सम्पन्न भएको छ । माघे संंक्रान्तिलाई मध्यनजर गर्दै आफनो कला संस्कृति लोप हुन गईरहेको र सो लाई झल्काउने उद्द्ेश्य राखी महोत्सव सम्पन्न भएको हो । माननिय प्रदेश सभा सांसद मदन श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरुमा प्रदेश सांसद नरेश कुमार यादव र सुनिता राम रहेका थिए । प्रकृती बचाऊ – सस्कृती बचाऊ भन्ने मूलनराका साथ महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । खिचडा महोत्सवमा हजारौको संख्यामा सहभागी सम्पुर्णलाई भोजनको रुपमा खिचडी खुवाईएको थियो । कार्यक्रममा आफनो कला प्रदर्शन गर्ने सबै कलाकार तथा सहयोगीलाई कदर पत्रले सम्मान गरेको थियो । महोत्सव, मिथिला चित्रकला, थारु झाकी, महिलाहरु आ–आफनो जातिको पोसाक र पुरुषहरु धोती, कुर्ता र माथमा पगरी बाधेर सुखीपुर नगर परिक्रमा गरेको थियो । अहिलेको अवस्थामा विग्रिदै गए रहेको पर्यावरण संरक्षण र आफनो हराउदै गएरको मौलिकता तथा विषादीयुक्त खानाबाट मुक्त गराउने महोत्सवको उदेश्य रहेको आज स्थानीय तथा राष्ट्रिय कलाकारहरु कला प्रदर्शन गराई महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष वीपी भुवन यादवले बताउनुभयो । नगर सुधार समिति सुखिपुरद्धरा आयोजित कार्यक्रमको संयोजक वि पि भुवन यादवले गरेको जानकारी सुखिपुर ३ का विजय साह सुडिले बताएका छन ।