आगलागी पिडितलाई रजक सेवा समाज ग्रुपद्धारा सहयोग

 संवाददाता    २ माघ २०७६, बिहीबार १०:४७     412 जनाले पढ़िसके



Spread the love

संजय विश्वकर्मा लहान ,२ माघ । मानवसेवाको क्षेत्रमा निश्वार्थ रुपमा कामकाज गर्दै आईरहेको नेपालका एक सामाजिक संस्थाले आगलागी पिडित परिवारलाई बुधवार राहत बितरण गरेको छ । भारतको मधुवनी जिल्ला मरनिया लवटोली पञ्चायतकी ईनर देबी साफीलाई नगद नेपाली रु ७ हजार , ३ थान कपडा र ३ थान ब्लयाङ्केट सहयोग गरेको हो । एकल महिलाका साथै बिपन्न परिवार भएकी पिडित साफीको घरमा पौस २७ गते राती आचानक आगलागी भएको थियो । आगलागीले घरमा रहेको अन्नपात , लता कपडा ,लगायतका सम्पुर्ण सर –समान जलेर नष्ट समेत भएका थिए । तिन घर परिवार भएको उनको आर्थिक अबस्था दयनिय भएको कारणले राहत स्वरुप नगदका साथै लत्ता कपडा सहयोग गरेको दाता रजक सेवा समाज ग्रुपका प्रतिनिधि हरेराम साफीले बताए । मलेशिया, साउदी लगायत खाडी मुलुक गएका दलित जाती अन्तर्गत धोबी समुदायका युवाहरुको समुह रजक सेवा समाज ग्रुप रहेको प्रतिनिधि साफीले बताए । नेपाल, भारतका धोबी समुदाय अन्तर्गत पिडितहरुलाई यस ग्रुपले बारम्बार सहयोग गर्दै आईरहेको उनको कथन रहेको थियो ।