पर्यावरण सहिदको माग गर्दै : सिरहाको लहानमा नेपाल कुशवाहा बिद्यार्थीले मनायो श्रद्धाञ्जली

 संवाददाता    २८ पुष २०७६, सोमबार १४:१६     346 जनाले पढ़िसके



Spread the love

महेश सिंह सिरहा २८ पौष । अबैध उत्खन्न विरुद्धको अभियन्ता दिलिप भनिने ओम प्रकाश महतोको हत्यामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै सिरहाको लहानमा नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज आज सिरहाको लहानमा भबिय रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाल कुशवाहा विद्यार्थीका जिल्ला अध्यक्ष मुकेश कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरिका अधिकान्स कलेज र स्कुलहरुको कुशवाहा विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको आयोजकले बताए । प्रदर्शन गरिएको छ । विद्यार्थीहरुले श्रद्धाञ्जली अर्पण गर्दै पर्यावरण सहिद घोषणाको माग गरेका छन् । तृतक लाई सहिद घोषणा न भए नेपाल कुशवाहा समाज र नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज देश ब्यापी रूपमा आन्दोलन गर्ने विद्यार्थी उपाध्यक्ष महेश कुमार महतो ले बताए । कार्यक्रममा हजारौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शुक्रवार टिपरले किचेर हत्या गरिएका २४ बर्षिय दिलिपको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आईतवार याली निकालेर प्रदर्शन गरिएको थिए । सिरहा , सप्तरी , धनुषा , मोहोतरी लगायत जिल्लाहरुमा पर्दर्शन गरेका थिए । सोमबार लहानबाट निकालिएको रयाली नगर परिक्रमा गरेका थिए। यालीमा सहभागीहरुले हत्यारालाई फासी दे, दिलिपलाई पर्यावरणीय शहिद घोषण गर, दिलिपलाई न्याय दे, अवैध उत्खनन् बन्द गर लगायतका प्लेकार्डसहित नारा लगाएका थिए ।

रयालीमा सहभागीहरु नगर परिक्रमा गर्दै लहानको सहिद चौकमा पुगेर कोणसभामा परिण भएका थिए । निकालिएको यालीमा स्थानिय युवा, विद्यार्थी, नागरिक समाजल गायतको उल्लेख्य सहभागिता रहेको थियो । शुक्रवार धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकै रहेको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको समयमा टिपरले किचेर दिलिपको हत्या गरेको प्रत्येक्ष दर्शीले बताए । दिलिप हत्याको आरोपमा चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विपिन कुमार महतो, मुनिन्द्र महतो, जितेन्द्र कुमार महतो र रोशन कुमार यादवलाई आरोपितको रुपमा शनिबार बेलुका धनुषा प्रहरीले पत्रकार सम्मेलन सार्वजनिक गरेका छन् ।