सिरहामा बलात्कार गर्ने युवा प्रहरीको नियन्त्रणमा

 संवाददाता    २३ पुष २०७६, बुधबार १५:४५     309 जनाले पढ़िसके



Spread the love

महेश सिंह सिरहा २३ पौष – सिरहाको धनगढीमाई नगरपालिका १२ को २३ बर्षीय रमेश यादव लाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेका छन । १४ बर्षीय बालिका बलत्कृत भएको जानकारी पाए लगत्तै प्रहरीले घटना स्थल पुगेका थिए । बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र लहान बाट खटिएको प्रहरी टोलीले यादबलाई पक्राउ गरेको छ । खटिएको प्रहरी टोलीले यादबलाई पक्राउ गरी थपअनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुरबेदीले बताए।