अस्पतालको लापरवाहीकै कारण लहनमा चौबीस घण्टा नपुग्दै तीन नवजात शिशुको मृत्यु

 संवाददाता    २१ पुष २०७६, सोमबार ०५:१३     287 जनाले पढ़िसके



Spread the love

संजय विश्वकर्मा लहान २०, पौष । सिरहाको लहानमा रहेको सप्तऋषि अस्पतालमा चौबीस घण्टा नपुग्दै तिन जना नवजात शिशुको मृत्यु भएको छ । पौष १८ गते शुक्रबार देखि १९ शनिबार सम्ममा चार जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै शिशु छोरा रहेको पीडित परिवारले बताएका छन । मृत्यु हुनेमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ३ टोल दिनाजपुरका जानकी यादब र औरही गाउँपालिका वडा नम्बर -१ दरैहिया टोलका प्रमिला यादवको छोराहरु रहेको प्रमिला यादवको पति लालबहादुर यादवले बताए । पीडित यादवका अनुसार दुबै जनाको शल्यक्रिया भएको थियो । त्यसैगरि सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर- ३ का संगिता साहको शल्यक्रिया नभएर सामान्य रुपमा बच्चा भएपनि चिकित्सक र अस्पतालको कर्मचारीको लापरबाहीको कारणले मृत्यु भएको पीडितका पति मनोज साहले बताए । सो बिषयमा हिजो सिरहाका प्रमुख जिल्ला अधिकारि गोपालप्रसाद अधिकारी आफै स्थलगत रुपमा अस्पताल पुगेका थिए । अस्पताल संचालक पशुपति चौधरीले रन्जिता जयसवालले सल्यिकृया गरेको दबि गरेपनि पीडित पक्षले लाईसन्स नभएको डाक्टरले अप्रेसन गरेको दाबी गरिरहेको छ । रातीमा सो अस्पतालमा धेरै लापरबाही हुने गरेको पीडितहरुको आरोप छ । ड्युटीमा रहेको कर्मचारीहरु मस्त निन्द्रामा ड्युटीको समयमा सुत्ने गरेको भन्दै अस्पतालको संचालक र शल्यक्रिया गर्ने डाक्टरलाई कानुन बमोजिम कार्बाही नगरेसम्म आफुहरु आन्दोलन गर्ने पीडित परिवारले जनाएको छ । यता अस्पताल संचालक डाक्टर पशुपति चौधरीले आमाको ज्यान बचाउदै गर्दा त्यस्तो घटना भएको दाबी गरे । सो बिषयमा ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रशासन कार्यालयबाट थप अनुसन्धान भैरहेको प्रहरीको दाबी रहेको छ ।