ट्यालेन्ट्को सन्देश दिन मिस एन्ड मिस्टर सिरहा

 संवाददाता    २० पुष २०७६, आईतवार ०४:०१     293 जनाले पढ़िसके



Spread the love

संजय विश्वकर्मा , लहान २० पौष । जिल्लामा पनि ट्यालेन्टहरु छ भन्ने नेपाल लगायत विश्वमा संदेश दिन सिरहामा मिस एण्ड मिस्टर सिरहा सिजन -२ को अडिशन राउन्ड चलिरहेको छ । स्थानीय भाषा , संस्कृती, धर्म , पहिचान , रहनसहनलाई विश्वसामु चिनाउनका लागि मिस एन्ड मिस्टर सिरहाको आयोजना गरेको मिस सिरहा सिजन-१ कि बिजेता एलिसा शासंकरले बताईन । केएसआर प्रोडकशनको आयोजनामा भैरहेको प्रतियोगितामा बिजेता हुने प्रतियोगीहरुलाई अध्ययन गर्न छात्रवृत्ति , नेपाल आईडल , मलेसियामा हुने मिस प्रतियोगिताका साथै नेपाली चर्चित कलाकारहरुको म्युजिक भिडियोहरुमा प्रतिभा देखाउने अबसर प्रदान गर्ने आयोजकले जानकारी दिए । हिजो शनिबार सप्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले प्रतिभाको माध्यमबाट बलात्कारिलाई कडा सजाय दिन जोडदार रुपमा सरकार संग माग गरेका थिए । निर्मला हत्याकाण्डका दोसिहरुलाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु लगायतको बिषयलाई यस राउन्डमा विशेष प्राथमिकतामा राखेका थिए । हिजो सम्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुको अभिभावकहरुको पनि सभागिता रहेको थियोे । सिजन -२ को फिनाले पौष २५ गते हुने आयोजकले जानकारी दिएका छन ।