मुसहर वस्तीमा मुक्तिनाथ बैंकको राहत

 संवाददाता    ११ पुष २०७६, शुक्रबार १६:११     379 जनाले पढ़िसके



Spread the love

पुष ११, सिरहा । मुक्तिनाथ बिकास बैंक मिर्चैया शाखाले दलित बस्तिमा राहत बितरण गरेका छन् । बैंकले सिरहाको मिर्चैया नगरपालिका ८ मझौवाको मुसहर बस्तिमा अपाङ्ग र दलित गरि ५० घरधुरीलाई कम्बल बितरण गरेको बैंकका शाखा प्रमुख अरुण महतोले बताए । बढदै गएको जाडोलाई मध्यनजर गर्दै राहत बितरण गरेको उनले बताए । बैंकले समय-समयमा विभिन्न सामाजिक कार्यक्रम सन्चालन गर्दै आएको छ ।