ट्रेड युनियन कांग्रेसको नगराईनमा तदर्थ समिति गठन

 संवाददाता    ११ पुष २०७६, शुक्रबार १३:५५     271 जनाले पढ़िसके



Spread the love

नेपाल ट्रेड युनियन कांग्रेस, धनुषाले नगरस्तरीय भेलाबाट शुक्रवार नगराईन नगरपालिकामा १३ सदसीय तदर्थ समिति गठन गरेको छ । राकेश कुमार लाभको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा अन्जनी कुमार कर्ण , महिला उपाध्यक्षमा पिंकी कुमारी यादव , सचिवमा निशा मिश्रा , कोषाध्यक्षमा विमलेश पंडित र सह—सचिवमा संतोष शर्मा रहेका छन । नेपाल ट्रेड युनियन कांग्रेस, धनुषा अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश सांसद शिवचन्द्र चौधरी , नगराईन नगरपालिका नगर प्रमुख परमेश्वर यादव , नेपाली कांग्रेस धनुषा सदस्य एवम प्रभावशाली युवा नेता प्रवेश चौधरी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।