वडाद्धारा अति बिपन्न बस्तिमा कम्बल वितरणका साथै घुरको ब्यबस्था गर्ने निर्णय

 संवाददाता    ११ पुष २०७६, शुक्रबार ११:२८     340 जनाले पढ़िसके



Spread the love

संजय विश्वकर्मा लहान १२ , पौष तराईमा बढदै गएको शितलहरको मध्यनजर गर्दै सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ६ भोक्राहामा भोली शनिबार कम्बल वितरण गर्ने निर्णय गरेको छ । वडा अध्यक्ष मोतिवुल राईनका अनुसार वडा नं. ६ भोक्राहाका अतिबिपन्न परिवारहरुलाई पहिलो चरणमा २५ थान कम्बल बितरण गर्ने निर्णय गरेको बताए । साविक गाबिस वडा नं. १ देखि ९ सम्म दलित , गरीब बस्तिहरुको १५ ठाउँमा आगो (घुर) बाल्ने निर्णय समेत भएको अध्यक्ष राईनले जानकारी दिए । यसैबिच सोहि वडामा गएको बिहिबार भान्सा नै औषधालय विषयको एक दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ सिरहा शाखाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम भएको महासंघका जिल्ला अध्यक्ष मो. अब्दुल अदुपले जानकारी दिनुभयो । प्राकृतीक रुपमा जिवन यापनका लागी दैनिक उपभोग्य बस्तुहरु विधि पुर्वक भान्सामा प्रयोग गरेमा बिभिन्न रोगबाट मुक्त गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको थियो । आयोजकका अनुसार स्थानिय तहसंगको समन्वयमा सिरहा जिल्लाका हरेका स्थानिय तहको टोल टोलमा सो अभियानको थालनी गर्ने समेत बताए । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष रोमलाल गिरी , कोषध्यक्ष ईन्दीरा थापा , वडा अध्यक्ष मोतिबुल राईन लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित स्थानिय वडाबासीहरुले महासंघ संग भान्सा नै औषधालय बिषयमा कम्तिमा ७ दिनको तालिम दिनुपर्ने माग राखेका थिए ।