‘वान्स मोर’ मेनुका

 संवाददाता    १० पुष २०७६, बिहीबार ०४:५७     1101 जनाले पढ़िसके



Spread the love

लहान, १० पौष । दर्शकदीर्घाबाट वान्स मोर मेनुका । यस्तो स्वर मधेशको अधिकाँश रमोत्सवमा सुनिन्छ । मोडल मेनुका माझी जहाँ जुन स्टेजमा पुग्छीन् उनकी डान्सले दर्शकलाई उत्साहित पार्छन् । यसैले दर्जनौ मुजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् उनी । अधिकाँश मधेशी मैथिली, थारु, राजवंशी भाषाको गीतमा गीति भिडियोमा काम गरिसकेकी मेनुका स्टेश शोकी सुपर मोडलकी चर्चा पाएकी छीन । ‘सुतालीय यै सजनी अहाँ अप्पन कोरा में’ चर्चित गीतसँगै उनी करिब ४० वटा गीतमा भिडियो सुट गरेकी छीन । मोडल मेनुका यत्तिबेला नेपाली गीतसंगीत क्षेत्रमा जम्दैछीन् । यसैले उनकी माग यत्तिबेला काठमाण्डौलगायतको स्टेजमा वान्स मोरको माहौल बनेको छ । मोडल मेनुका भन्छिन् ‘डान्स नै मेरो जीवन हो’ ‘दर्शकलाई झुमाउँन कडा मेहनत गर्दैछु ।’‘छोटो समयमा आफ्नो मेहनत र लगनले काठमाण्डौको शोलाई रमाउँदैछु ।’ मोडल मेनुका माझी चलचित्रको लागि पनि अभ्यासमा रहेकी छीन भने लोकसाँस्कृतिक टोलीमा समेत दमदार प्रस्तुती गर्न पछि हटदैनन् । सुनसरीको इटहरीबाट आफ्नो कलाकौशलताको प्रदर्शन गर्दै आएकी मेनुका यत्तिबेला काठमाण्डौमा नायिका कसिस दहालसँग बेलाबखत देखापर्छीन् ।