सबल नेपालको बार्षिक अनुगमन तथा समिक्षा बैठक कार्यक्रम सम्पन्न

 संवाददाता    ९ पुष २०७६, बुधबार ११:३२     485 जनाले पढ़िसके



Spread the love

सबल नेपालको बार्षिक अनुगमन तथा समिक्षा बैठक कार्यक्रम सम्पन्नसंजय विश्वकर्मा लहान , ९ पौष सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा सबल नेपालद्धारा संचालित कार्यक्रमहरुको बुधवार वार्षिक अनुगमन तथा समिक्षा बैठक सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित समुन्नती कार्यक्रम अन्तर्गतको आधारभुत शिक्षा, प्रारम्भिक बाल स्याहार तथा विकास , मातृ नवजात शिशु स्वास्थ्य, बिधालय स्वास्थ्य तथा पोषण,बाल गरीबी ः जिविकोपार्जन लगायतका कार्यक्रमहरुको बार्षिक अनुगमन गरेको सबल नेपालका अध्यक्ष जुना गीरिले जानकारी दिनुभयो । जिल्ला सल्लाहकार समितिले सबल नेपालको कार्यक्षेत्र भित्र स्थलगत अनुगमन गर्ने क्रममा सामुदायीक बिधालयका बालविकास केन्द्र, जिबिकोपार्जन अन्तर्गत सामुहिक व्यवसायिक तरकारी खेती, स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरहरुको अबस्था पहिलेको तुलनामा आसाध्यै राम्रो भएको सल्लाह सुझाव सहितको प्रतिवेदन संस्थामा पेश गरेका थिए ।

सन २०१९ भित्र सबल नेपालद्धारा संचालित कार्यक्रमहरुको सल्लाहकार समितिहरुले प्रसंसा समेत गरेका छन । जिल्ला कार्यक्रम सल्लाहकार समिति अन्तर्गत जिल्ला समन्वय समिति सप्तरीका सभापती प्रभाकर यादव, सदस्य अशोक साह, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, कृषि ज्ञान केन्द्रका प्रमुख भागिरथ यादव, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, खडक नगरपालिकाका उप– प्रमुख यासमिन सुल्तान लगायत दुवै नगरपालिकाका नगर शिक्षा अधिकृत, सबल नेपालका पदाधिकारी तथा कर्मचारी, सेभद चिल्ड्रेनका प्रतिनिधि, संचारकर्मी गरी करिब २५ जनाको अनुगमनमा सहभागीता रहेको थियो । समिक्षा बैठकको अध्यक्षता ग्रहण गर्दै सवल नेपालकी अध्यक्ष जुना गिरीले आर्थिक विवरण प्रस्तुत समेत गरेकी थिईन । कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले सल्लाहकार समितिबाट आएका सुझाबहरुलाई आउने सन २०२० का लागी फलदायी हुने बताउदै उनले भनिन सो सल्लाह सुझावलाई आगामी वर्षमा कार्ययोेजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्था सदैब प्रतिबद्ध रहने बताए ।

जिल्ला समन्वय समितिका सभापती भगिरथ यादबले भन्नुभयो कतिपय बिधालय एवम स्वास्थ्य चौकीमा भौतिक संरचनाको अभाव भएकाले सो समस्या समाधान गर्न स्थानिय सरकार र संस्थाले ध्यान दिन जरुरी रहेको बताए । अहिले पनि सामुदायिक बिधालयमा बिद्यार्थी भर्ना गर्न चुनौती रहेको भएकाले सो तर्फ स्थानिय सरकारको ध्यान दिन जरुरी रहेको उनले बताए । सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीले सवल नेपालको कार्यक्षेत्र सरुङ्गा नगरपालिकामा भएकोले नगरपालिकालाई सहज भएको बताएका छन । उनले भने सवल नेपाल शिक्षा स्वास्थ्य जिविकोपार्जनको क्षेत्र देखि हरेक क्षेत्रमा काम काज गर्दै आईरहकोले नगरपालिकालाई धेरै सहयोग पुग्ने गरेको उनको भनाई रहेको थियो ।

अनुगमनको क्रममा सुरुङ्गा नगरपालिकाको राष्ट्रिय आधारभुत बिधालय भुसिमहुलिया , नव जागृति कृषि सहकारी संस्था हरिपुर, प्राथमिक स्वास्थ्य केन्द्र कड़रबोना, खडक नगरपालिकाको आधारभुत बिधालय मुसहर्निया, सामुहिक ब्यबसायिक तरकारी खेती गरुड़ाहा लगायतको ठाउँमा अनुगमन गरेको सवल नेपालका परियोजना संयोजक नन्दकिशोर चौधरीले जानकारी दिनुभएको छ ।