किसान केन्दृत बैंक बनाउन मेयरको आग्रह , सिरहाको दुई ठाउँमा एकै साथ सिद्धार्थ बैंकको समुदघाट्न

 संवाददाता    ७ पुष २०७६, सोमबार १६:४३     405 जनाले पढ़िसके



Spread the love

संजय बिश्वकर्मा लहान ७, पौष किसान केन्द्रित बैंक बनाउन गोलबजार नगरपालिकाका नगर प्रमुख देबनाथ साहले आग्रह गरेका छन । सिरहाको गोलवजारमा आज सिद्धार्थ बैंकको समुदघाटन गर्दै नगर प्रमुख साहले भने स्थायी कर्मचारी , ठुल – ठुला ब्यपारी मुखी मात्र अधिकान्स बैंकहरु रहेकोले सानो भन्दा सानो किसानमुखी बैंक बनाउन उनले आग्रह गरे । किसानहरुको जिबनस्तर उकास्नको लागि किसानहरुलाई कम ब्याजमा ऋण प्रवाह गर्न आग्रह गर्दै उनले भने किसानहरुलाई ऋण दिएर व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न बैंक प्रेरित गरेमा नगरपालिकाबाट गर्ने सहयोगमा आफू पछि नपर्ने प्रतिबद्धता गरे । गोलबजारमा सिद्धार्थ बैंकको शाखा खुलेकोमा आफू खुशी छु भन्दै मेयर साहले भने नगर क्षेत्रभित्र रहेको सम्पुर्ण बैंकलाई नगरपालिकामा एक दिनको छलफलमा बोलाई किसान केन्द्रित प्याकेज ल्याउन गोलबजारमा रहेका सबै बैंकहरु आग्रह गर्ने आफ्नो योजना रहेको बताए । बित्तीय बजारमा आफ्नो छुट्टै पहिचान बोकेको सिद्धार्थ बैंक लिमिटेडको प्रदेश नम्बर २ का प्रदेश प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताएका छन । यस बैंकमा सबै बैंकको चेक डिपोजिट गर्न सकिने भएकाले आम समुदायलाई खाता खोल्न प्रमुख तिमिल्सिनाले आग्रह गरेका छन । नेपाल रास्ट्र बैंकबाट क वर्गको सिद्धार्थ बैंक ईजाजत प्राप्त बैंक भएकोले बैंकले समय अनुकूलको प्याकेज ल्यानेगरेको बताए । बैंकका गोलबजार शाखा प्रमुख शिवकुमार यादवको अध्यक्षतामा संचालित कार्यक्रममा गोलबजारका वडा अध्यक्षहरु , गोलबजार ब्यापार संघ, उधोग वाणिज्य संघका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । यसैबीच लहान शाखाको पनि आजै उदघाट्न भएको छ । लहान नगरपालिकाका मेयर मुन्नी साह सुडिको प्रमुख आतिथ्य र प्रदेश सभाका लागी सिरहा क्षेत्र नम्बर १ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको बिशिस्ट आतिथ्यमा समुदघाट्न भएको हो । आज देखि यस बैंकले १७ औं बर्ष पुरा गरी १८ औं बर्षमा प्रवेश गरेको हो ।</p>