बहुप्रतिक्षित रेल्वे सेवा संचालनमा ल्याउने तयारी

 संवाददाता    ६ पुष २०७६, आईतवार १६:१०     247 जनाले पढ़िसके



Spread the love

पौष ६ । लामो समयदेखि संचालनको प्रतिक्षामा रहेको जनकपुर—जयनगर रेल सेवा आगामी तीन महिनाभित्र संचालनमा आउने भएको छ । नेपाल सरकारले भारतीय कोणकर्ण रेल्वे कम्पनीसंग गरेको खरिद सम्झौता अनुसार २०२० मार्च सम्ममा दुई सेट डेमो रेल तयार भई सक्ने जनाईएको छ । नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले आईतवार रेल्वे संचालनका लागि दबाब दिने उद्देश्यले रेल्वे प्रशासनसंगको कुराकानीमा सो जानकारी गराईएको हो । रेल्वेका साईट ईन्जिनियर बिनोद ओझाले रेल्वेको संचालन अवस्था वारे जानकारी गराउंदै एक सेट डेमो रेल तयार भईसकेको र १० दिनभित्रमा जनकपुर आईसक्ने बताए । र अर्को सेट मार्च महिनाभित्र आई पुग्ने दावी गरे । नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोज साहको अगुवाईमा गएको टोलीलाई ईन्जिनियर ओझाले जयनगरदेखि जनकपुरधामसम्म रेल्वे संचालनको लागि सम्पुर्ण कार्य पुरा भईसकेको जानकारी गराए । उनले जनशतिmको लागि अर्थ मन्त्रालयसंग मांग भई कर्मचारी भर्ना प्रक्रिया समेत अगाडि बढि सकेको बताउंदै निकट भविष्यमै रेल्वे संचालन हुने आशा गर्न सकिने बताए । सभापति साहको टोलीले रेल संचालनको अवस्था बारे जानकारी लिएको थियो । सभापति साहले रेल जनकपुरको विकासका लागि निकै नै महत्वपुर्ण रहेकोले यथाशिघ्र संचालनका लागि व्यवस्थापन पक्षलाई आग्रह गरेका थिए । टोलीमा नगर समितिका सचिव रबिन्द्र सिंह , वडा नं. १ का वडा सभापति रामदयाल साह , देबु यादव , चैतन्य महासेठ , मदन ठाकुर , धर्मदेव साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।